पहिरो

कास्कीमा पहिरोले एकै परिवारका ७ जनाको ज्यान गयो, गाउँ शोकमा !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ अषाढ २८, शुक्रबार (१० महिना अघि)
  • ९९ पटक पढिएको
कास्कीमा पहिरोले एकै परिवारका ७ जनाको ज्यान गयो, गाउँ शोकमा !

असार २८, पोखरा । अविरल वर्षाले पहिरो जाँदा कास्कीमा एकै परिवारका ७ जनाको मृत्यु भएको छ । पोखरा १९ पुरनचौरमा एकै परिवारका ७ जनाको मृत्यु भएको हो । स्थानीय ४७ वर्षीय कुलबहादुर परियार, उनकी श्रीमती ४३ वर्षीय मनकुमारी, आमा ८५ वर्षीय लक्षिमा, छोरी १५ वर्षीय प्रश्ना, २० वर्षीय प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र तल्लाकोट बस्ने राधिका परियारको ज्यान गएको कास्की प्रहरीले जनाएको छ ।

पहिरोमा कुलबहादुरका छोरा १७ वर्षका पवन परियार र राधिकाका छोरा ३१ वर्षका कुमार परियार घाइते भएका छन् । दुवैको उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएकोमा डिस्चार्ज भएका छन् ।

यसैगरी पोखरा ३२ मा चैनपुरमा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ । स्थानीय आरती ओझाको घर पहिरोले पुरिँदा १८ वर्षीय अनिता ओझा र ९ वर्षीय प्रतीक सुवेदीको मृत्यु भएको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । ११ वर्षीय अनुस्का ओझा बेपत्ता छिन् ।

फोटो : फाईल

#पहिरो

ताजा अपडेट

खोजी गर्नुहोस