युवा संघका नेताको हत्या आरोपितले गरे प्रहरीमा आत्मसमर्पण

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ अषाढ २८, शुक्रबार (१० महिना अघि)
  • ८० पटक पढिएको
युवा संघका नेताको हत्या आरोपितले गरे प्रहरीमा आत्मसमर्पण

असार २८,काठमाडौँ । राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीका पूर्वसदस्यको हत्या आरोपितले प्रहरीमा आत्मसमर्पण गरेका छन् । बुटवल–७ दिपनगरका ३६ वर्षीय रवी थापाको छुरा प्रहार गरी हत्या गरेको आरोप लागेका अभियुक्तले शुक्रबार प्रहरीमा आत्मसमर्पण गरेका हुन् ।

छुरा प्रहारबाट घाइते भएका थापाको उपचारका क्रममा असार १८ गते निधन भएको थियो । उनीमाथि गत जेठ २ गते बुटवल कालिकानगरस्थित एक रेष्टुरेन्टमा छुरा प्रहार भएको थियो ।

फरार रहेका हत्याका अभियुक्त बुटवलका किशोर कुँवर र कुस्मन कार्कीले शुक्रबार इलाका प्रहरी कार्यालय बुटवलमा आत्मसमर्पण गरेका हुन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले कुँवर र कार्कीले आत्मसमर्पण गरेको बताए । उनीहरुले आत्मसमर्पण गरेकाले अब घटनाको थप अनुसन्धान अगाडि बढ्ने उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस