पेन नेपालको साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ अषाढ ३०, आईतबार (१० महिना अघि)
  • ५५६ पटक पढिएको
पेन नेपालको साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

असार ३०, काठमाण्डौँ । लेखकहरूको अन्तर्राष्ट्रिय संस्था पेन इन्टरनेशनलको नेपाल च्याप्टरको साधारणसभा सम्पन्न गरिएको छ । पेन नेपालका अध्यक्ष प्रा राम कुमार पाँडेको अध्यक्षतामा सम्पन्न साधारण सभाले नयाँ कार्य समिती समेत चयन गरेको छ । पेनको विधान अनुसार नयाँ निर्वाचित कार्य समितिको अध्यक्षमा भीष्म उप्रेती,उपाध्यक्षमा हिरण्य कुमारी पाठक र महासचिवमा डा।मित्रबन्धु पौडेल निर्वाचित भएका छन् । निर्वाचित पदाधिकारीहरूलाई निर्वाचन अधिकृत द्वय शिरोमणि दवाडी तथा शुष्मा चित्रकारले पदको आधिकारिकता घोषणा गर्दै प्रमाणपत्र प्रदान गरेका छन् ।

साधारण सभाको औपचारिक सत्रलाई सम्बोधन गर्दै वरिष्ठ साहित्यकार तथा भाषाविद चुणामणि बन्धुले पेन अन्तर्राष्ट्रिय संस्था भएकोले त्यसको गरिमालाई कायम राख्दै भाषा साहित्यलाई अन्तर्राष्ट्रिय करण गर्न नेपाल कृतिलाई अनुवाद गर्नु आवश्यक रहेको बताए । भविष्यमा सम्पूर्ण नेपाली साहित्य जगतको प्रतिनिधित्व गर्न संस्थागत रुपले कृयाशील हुन सुझाव पनि दिए । सोही अवसरमा पेन नेपालको अध्यक्षमा लामो समय अनुभव लिएका पाँडेले आफ्नो कार्यकालका गतिविधि,अनुभव र अनुभूति समेटेको पुस्तक लिटेरेरी लिडरशीप समेत बिमोचन गरिएको थियो । अध्यक्ष प्रा पाँडेले पेनको कार्यसमितिको अवधी पाँच वर्षबाट छोट्याएर तीन वर्ष कायम गर्ने,नेपाली साहित्यलाई आधार बनाएर लेखिएको अंग्रेजी पुस्तकलाई वार्षिक पुरस्कृत गर्ने र विधानलाई समयसापेक्ष परिमार्जन गर्ने प्रस्तावलाई साधारण सभाको बहुमतले पारित समेत गरेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस