सिभिल बैंकको बचत तथा मुद्दती दुवैमा सर्वाधिक ब्याजदर

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ भाद्र ७, आईतबार (४ साल अघि)
  • ९ पटक पढिएको
Post Thumbnail

भाद्र ७,काठमाडौँ । सिभिल बैंक लिमिटेडले सबै नेपालीका लागि सर्वाधिक ब्याजदर पाइने बचत खाता योजना ूप्रिमियम बचत खाताू ल्याएको छ । बैंकले बचत खातामा वार्षिक ६ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । यस वचत खाताको न्युनतम मौज्दात रु १०,००० रहेको छ भने यस बचत खाता खोल्दा बैंकले ग्राहकहरुका लागि निःशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, एसएमएस बैंकिङ् सेवापनि प्रदान गर्नेछ । यसको अतिरिक्त बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा पनि ८.७५प्रतिशतको सर्वाधिक ब्याजदर प्रदान गर्दै आईरहेको छ ।

विद्यमान कोरोना संक्रमणबाट सिर्जित कठिन अवस्थामा अन्य वित्तीय संस्थाहरुद्वारा निक्षेपमा प्रदान गरिएको न्यून ब्याजदरको तुलनामा ग्राहकको मेहनतको कमाईलाई कदर गर्दै आकर्षक ब्याज प्रदान गरिएको कारणले ग्राहकहरु लाभान्वित हुने कुरा बैैंकले जनाएको छ । सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई आगामी दिनमा थप यस्तै आकर्षक सेवा÷योजनाहरु प्रदान गर्दै जाने पनि बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस