ललिता निवास प्रकरण : “म प्रधानमन्त्री हुँदा कुनै नयाँ मोही बनाउने निर्णय भएको छैन”- माधब नेपाल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ माघ २४, शुक्रबार (५ साल अघि)
  • ३९ पटक पढिएको
Post Thumbnail

माघ २४, काठमाण्डौ । माधवकुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा आफू दोषी नरहेको प्रष्टीकरण दिएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता नेपालले आफू प्रधानमन्त्री हुँदा कुनै नयाँ मोही बनाउने निर्णय नभएको दावी गरे । ललिता निवास जग्गा प्रकरण (बालुवाटार जग्गा प्रकरण) मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार १७५ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

तर मन्त्रिपरिषदको नीतिगत निर्णय भन्दै पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा। बाबुराम भट्टराईको हकमा केही गर्नुनपर्ने उसले बताएको छ । तत्कालीन प्रधानमन्त्रीहरुलाई उन्मुक्ति दिएर मन्त्री विजयकुमार गच्छदारलाई मुद्दा लगाएको भन्दै कांग्रेसले विरोध गरेको छ भने कतिपयले अख्तियार ठूला नेताहरुसँग डराएको टिप्पणी गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस