माघ २५, काठमाडौ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( अनेरास्ववियु) का नेता सुदेश पराजुलीले भ्रष्टाचारको पक्षमा नेबि संघले आन्दोलन गर्नु लज्जास्पद भएको बताएका छन ।
उनले कसैलाई नपच्ने दुर्गन्धित मुद्दा बोकेर हिंड्न नहुने बताएका हुन् । उनले सामाजिक संजालमा एक स्टाटस लेख्दै भनेका छन्
“नेविसंघ लामो ईतिहास भएको संगठन हो । मसाल र कमल अङ्कित झन्डाले गच्छदार रुपि कालो भ्रष्टाचारको धन्दालाई नबोक्दा नै ईतिहासको सम्मान हुन्छ ,विद्यार्थी आन्दोलनको गौरव महुस हुन्छ । विद्यार्थी आन्दोलन स्ववियु निर्वाचनबाट आफुलाई अब्बल कायम गर्ने दिशामा केन्द्रित हुने यो महत्त्वपूर्ण समयमा भ्रष्टाचार जस्तो दुर्गन्धित मुद्दा बोकेर के नेविसंघ अब पतित बाटोमा लागेको हो ?”