‘कर्मकाण्डका लागि मात्रै संसद चलाइराख्नुको कुनै औचित्य छैन’ : अध्यक्ष लिङ्देन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन १८, शुक्रबार (१ साल अघि)
  • १४ पटक पढिएको
‘कर्मकाण्डका लागि मात्रै संसद चलाइराख्नुको कुनै औचित्य छैन’ : अध्यक्ष लिङ्देन

फागुन १८, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले संसद बैठक कर्मकाण्डको लागि मात्रै चलाइराख्नुको कुनै औचित्य नभएको बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले जनताको समस्याहरुको ठोस समाधान गर्ने सरकारको जवाफ नआएसम्म कर्मकाण्डको लागि मात्रै संसद चलाइराख्नुको कुनै औचित्य नभएको बताएका हुन् ।

अध्यक्ष लिङदेनले मिटरब्याज, लघुवित्त र सहकारी पीडितहरुको समस्या समाधानमा सरकार जिम्मेवार हुनुपर्ने बताए । व्यवसायीको समस्या, रसियन सेनामा नेपाली भर्ती भएका विषयहरु संसदमा चर्को रुपमा उठेपनि सरकारले नसुनेको बताए । उनले संसदमा उठेका आवाजहरु सरकारले नसुने संसदमा बोल्नुको कुनै अर्थ नभएको बताए । उनले सरकार र राजनीतिक दलको काम के हो ? भनि प्रश्न समेत गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस