भाद्र ५, काठमाण्डौ । गत माघबाट नेपालमा देखिएको कोरोना भाइरसका संक्रमित पत्ता लगाउने क्रममा सरकारले हालसम्म ३ अर्बभन्दा धेरै खर्च भइसकेको जनाएको छ । कोभिड १९ कोरोना जाँचमा मात्रै यति धेरै खर्च भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले शुक्रबारको नियमित मिडिया ब्रिफिङमा यस्तो जानकारी दिएका हुन् । गौतमका अनुसार ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय रुपैयाँ ल्याब टेस्टमा मात्रै खर्च भएको हो । अहिलेसम्म सरकारले एउटा टेस्ट पोजेटिभ पत्ता लगाउन प्रतिव्यक्ति एक लाख ४ हजार ६ सय ३० रुपैयाँ खर्च गरिरहेको पनि जानकारी दिएका छन् ।