सेयरबजारका कम्पनीमा विदेशी लगानी भित्र्याउन राष्ट्रबैंकको अनुमति नचाहिने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० माघ २७, शनिबार (१ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

माघ २७, काठमाण्डौँ। सरकारले घोषणा गरेको लगानी सम्मेलनको तयारी सुरु नहुँदै नेपाल राष्ट्रबैकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन सम्बन्धी व्यवस्थामा लचक नीति अपनाएको छ ।

नेपाल राष्ट्रबैंकको विदेशी विनियम व्यवस्थापन विभागले नेपाल राष्टबैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८ मा संसोधन गर्दै विदेशी विनिमय कारोबार गर्ने इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था र अन्य निकायका लागि परिपत्र समेत जारी गरेको हो ।

यस अन्तर्गत धितोपत्र बजारमा सूचीकृत कम्पनीमा हुने विदेशी लगानीका लागि केन्द्रीय बैंकको स्वीकृति आवश्यक नपर्ने व्यवस्था समेत गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस