सबस्टेसन निर्माणको काममा फट्को मार्दै नेपाल, हेटौंडा ४०० केभीको काम अन्तिम चरणमा !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० फागुन १, मंगलबार (१ साल अघि)
  • २६ पटक पढिएको
सबस्टेसन निर्माणको काममा फट्को मार्दै नेपाल, हेटौंडा ४०० केभीको काम अन्तिम चरणमा !

फागुन १, काठमाडौँ । देशभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभ¥याङमा निर्माणाधीन सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ । हेटौंडा सबस्टेसनमा ४००/२२० केभी,२२०/१३२ केभी र १३२/११ केभी सबस्टेसन निर्माणाधीन छन् ।

एक महिनाभित्र निर्माण सम्पन्न गरी सञ्चालन चार्ज गर्ने लक्ष्यका साथ सबस्टेसनका उपकरणहरुको जडान, परीक्षणलगायतका अन्तिम चरणका कामहरु भइरहेका हुन् । सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत प्रवाहका अतिरिक्त स्थानीय रुपमा आपूर्ति समेत गरिने छ । यसबाट त्यस क्षेत्रको विद्युत आपूर्ति पर्याप्त, भरपर्दो र गुणस्तरीय हुने बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस