नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरुको शपथ सोमबार हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन १९, शनिबार (१ साल अघि)
  • ३४ पटक पढिएको
नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरुको शपथ सोमबार हुने

फागुन १९, काठमाडौँ । नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरुको शपथ सोमबार हुने भएको छ ।

संसद् सचिवालयले सूचना जारी गर्दै संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुको शपथ फागुन २१ गते सोमबार बिहान ११ बजेर ३० मिनेटमा हुने जानकारी दिएको हो । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बानेश्वरको ल्होत्से हलमा शपथ हुने भएकाले नवनिर्वाचित सबै राष्ट्रिय सभा सदस्यहरुलाई उपस्थित हुन अनुरोध गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस