राष्ट्रियसभा अध्यक्षसहित २० सांसदहरू भोलिदेखि बिदा हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन १९, शनिबार (१ साल अघि)
  • १६ पटक पढिएको
राष्ट्रियसभा अध्यक्षसहित २० सांसदहरू भोलिदेखि बिदा हुँदै

फागुन १९, काठमाडौँ । राष्ट्रियसभाका अध्यक्षसहित भोलि आइतबारदेखि २० सांसदको पदावधि समाप्त हुँदैछ । २०७४ सालमा निर्वाचित भएर ६ वर्ष कार्यकाल बिताएका उनीहरू आइतबारदेखि बिदा हुन लागेका हुन् ।

बिदाइ हुन लागेकाहरूमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमालेका सांसदहरू दीपा गुरुङ, इन्दु कडरिया, दीलकुमारी रावल थापा पार्वती, कुमार दसौंदी, नरपति लुवार, भैरवकुमार श्रेष्ठ र रामचन्द्र राई बिदा हुँदैछन् ।

कांग्रेसका चार सांसदहरू रमेशजंग रायमाझी, अनिता देवकोटा, जितेन्द्रनारायण देव र प्रकाश पन्थ बिदा हुँदै छन् भने माओवादी केन्द्रका तीन सदस्य विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरा बिदा हुँदै छन् ।

यता नेकपा एसबाट नन्दा चापाई र सिंगबहादुर विश्वकर्मा, जसपाबाट प्रमीलाकुमारी, स्वतन्त्र सांसद खिमलाल देवकोटा र राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्याल पनि बिदा हुँदै छिन् ।

ताजा अपडेट

खोजी गर्नुहोस