सोमबार सुनचाँदीको भाउमा गिरावट, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० माघ २२, सोमबार (१ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

माघ २२, काठमाण्डौँ । सोमबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुन प्रति तोला ४ सय रुपैयाँले घटेको छ भने चाँदीको भाउ ५ रुपैयाँले सस्तिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो साता लगातार बढेको सुनको भाउ यो साता भने दुई दिनमै प्रति तोला एक हजारले घटेको छ ।

आज चाँदी प्रति तोला एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस