लामो अनुभव भएका लम्साल महालक्ष्मी विकास बैंकको सिइओमा नियुक्त

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० माघ २४, बुधबार (१ साल अघि)
  • ३५ पटक पढिएको
लामो अनुभव भएका लम्साल महालक्ष्मी विकास बैंकको सिइओमा नियुक्त

माघ २४,काठमाडौँ । लामो समय बैक तथा वित्तिय क्षेत्रको अनुभव संगालेका दिपेश लम्साल महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नियुक्त भएका छन् । माघ २३ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार बैंकले लम्साललाई प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको हो ।

बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा रहेका लम्साल तत्कालीन प्रमुख कार्यकारी अधिकृतको राजीनामा पश्चात संचालक समितिको निर्णय बमोजिम निमित्त प्रमुख कार्यकारी अधिकृतको भुमिकामा रहेका थिए ।

बैंकको तर्फबाट केन्द्रीय कार्यालय, दरबारमार्गमा स्वागत कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत लम्सालले बैंक प्रतिको जनविश्वास, निष्ठा कायम राख्दै गुण्स्तरीय सेवा प्रदान गर्न सदा तत्पर रहने प्रतिबद्धता जनाएका छन् ।

उनले बैंकको लक्ष्य र उद्देश्य प्राप्तिका लागि सम्पूर्ण कर्मचारीलाई प्रयत्नशिल रहन समेत आग्रह गरेका छन् । विगत १५ वर्ष देखि महालक्ष्मी विकास बैंकमा कार्यरत लम्सालसँग विभिन्न वाणिज्य बैंक तथा विकास बैंकमा गरी करिब २८ वर्षको बैकिङ्ग अनुभव रहेको छ । लम्साललाई अनलाइनकेन्द्र डटकमको हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।

ताजा अपडेट

खोजी गर्नुहोस