नेपालमै पहिलो पटक ८ वर्ष वा ४ लाख कि.मि. वारेन्टी भएको WULING EV Commercial VAN सार्वजनिक हुँदै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० माघ २६, शुक्रबार (१ साल अघि)
  • २२ पटक पढिएको
नेपालमै पहिलो पटक ८ वर्ष वा ४ लाख कि.मि. वारेन्टी भएको WULING EV Commercial VAN सार्वजनिक हुँदै

माघ २६, काठमाण्डौँ । कमर्सियल गाडीहरुको नेपालकै अग्रिणी डिलर शशिला मोटर्स् प्रा.लि.ले आफ्नो व्यवसायलाई व्यापक बनाउदै बिश्व प्रसिद्ध इभी उत्पादक उलिङ्ग मोटर्स होल्डिङ्ग लिमिटेड बिच नेपालका लागि आधिकारिक बितरकको रुपमा सम्झौता गरेको छ । उलिङ्ग मोटर्स होल्डिङ्ग सँग गाडी उत्पादनको ४० वर्ष बढी अनुभव छ भने टेक्नोलोजी र मेसिनरी उत्पादनमा १०० वर्ष बढीको अनुभव रहेको छ । उलिङ्ग मोटर्स चाइनामा बहुचर्चित तथा प्रसिद्ध ब्रान्ड हो । यस सम्झौता पश्चात शशिला मोटर्स् प्रा.लि. उलिङ्ग मोटर्सबाट उत्पादित इलेक्ट्रिक कमर्सियल भ्यान तथा अन्य कमर्सियल गाडीहरुको लागि एकमात्र आधिकारक बितरकको रुपमा रहनेछ ।

उक्त सम्झौतामा शशिला मोटर्स प्रा.लि. का प्रबन्ध निर्देशक श्री सन्तोष खतिवडा र उलिङ्ग मोटर्स होल्डिङ्ग लिमिटेडका बोर्ड अध्यक्ष श्री युवान जिजुनले हस्ताक्षर गर्नु भएको छ ।

नेपाली बजारमा उलिङ्गको ११ सिटर इभी भ्यानहरु सार्वजनिक हुँदै

कमर्सियल गाडीहरुको नेपालकै अग्रिणी डिलर शशिला मोटर्स् प्रा.लि. र बिश्व प्रसिद्ध बस उत्पादक कम्पनी इभी उत्पादक उलिङ्ग मोटर्स होल्डिङ्ग लिमिटेडको सहकार्यमा ११ सिट क्षमताको इभी भ्यान नेपाली बजारमा सार्वजनिक गर्न लागिएको छ । उक्त मिनि भ्यान वातावरण मैत्री तथा प्यासेन्जर ढुवानी व्यवसायका लागि अत्यन्तै उत्कृष्ट हुनेछ । साथै इभि भ्यानहरु मध्ये ग्राहकको पहिलो रोजाईमा स्थान बनाउन सफल हुनेछ । नेपालको यातायात क्षेत्र बिद्युतिकरणमा रुपान्तरण हुँदै गईरहेको वर्तमान परिस्थितीमा आरामदायी उलिङ्ग इभी कोशेढुङ्गा साबित हुनेछ । यसका साथै कार्वन उत्सर्जनमा कमि गर्नमा महत्वपूर्ण योगदान पु¥याउनेछ ।

यही अप्रिल २०२४ बाट नेपाली बजारमा उक्त भ्यान उपलब्ध हुने कम्पनीका प्रबन्ध निर्देशक श्री सन्तोष खतिवडाज्यूले जानकारी दिनु भयो ।

उलिङ्ग इभी भ्यानका प्रमुख बिशेषताहरुः

  • नेपालकै पहिलो पटक इभी भ्यान सेग्मेन्टमा ८ वर्ष वा ४ लाख कि.मि. सम्मको वारेन्टी भएको ।
  • ४१.८७ कि.वा. आवर ब्याट्री ।
  • कटिङ्ग एज प्रविधियुक्त लिथियम आयन ब्याट्री प्याक ।
  • सिङ्गल चार्जमा ३०० कि.मि. रेञ्ज ।
  • ११ सिट क्षमताको भएको इभीमा सहज यात्राका लागि आरामदायी सिट ।
  • ४.९ मिटर लम्बाई भएकोले पर्याप्त खुल्ला ठाँउ सहित उत्कृष्ट आन्तरिक सजावट भएको ।

ताजा अपडेट

खोजी गर्नुहोस