सुनको भाउ तोलामा १२ सय रुपैयाँ घट्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० फागुन २, बुधबार (१ साल अघि)
  • ३२ पटक पढिएको
Post Thumbnail

फागुन २,काठमाडौँ । बुधबार एकै दिन सुनको भाउ तोलामा १२ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार दुई दिनमै सुनको मूल्य तोलामा १५ सय घटेको छ ।

सोमबार तोलामा १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको सुन मंगलबार ३ सय घटेर १ लाख १७ हजार ७ सय रुपैयाँमा झरेको थियो । आज बुधबार फेरि १२ सय रुपैयाँ घटेर १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि आज तोलाको ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १३९५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १३६५ रुपैयाँ कायम भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस