ह्याविट्याट पावरले आईपीओ निष्कासन गर्दै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० माघ १८, बिहिबार (१ साल अघि)
  • ३३ पटक पढिएको
Post Thumbnail

माघ १८, काठमाडौँ । ह्याविट्याट पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्नका लागि माघ १६ गते साधारण सभा बोलाएको छ ।

सभा काठमाडौं हाँडीगाँउमा रहेको कम्पनीको कार्यालयमा बिहान ११ बजे आयोजना हुनेछ । सभामा सर्वसाधारण तथा स्थानियलाई आईपीओ निष्कासन गर्ने र सो कार्यका लागि सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

साथै, आर्थिक वर्ष २०७९र८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव रहेको छ । त्यस्तैगरी, आर्थिक वर्ष २०८०र८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस