सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले घोषणा गर्यो लाभांश

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० माघ २२, सोमबार (१ साल अघि)
  • ३१ पटक पढिएको
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले घोषणा गर्यो लाभांश

माघ २२, काठमाण्डौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेका छ ।

कम्पनीको माघ २१ गते बसेको सञ्चालक समितिको बैठकले कुल ११ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हालको चुक्ता पुँजीको २ अर्ब ८० करोड ६५ लाख ४९ हजार ९ सयको ११ प्रतिशतले हुन आउने ३० करोड ८७ लाख २० हजार ४ सय ८९ रुपैयाँ बराबर नगद लाभांश करसहित गरी वितरण गर्ने भएको हो ।

कम्पनीले साधारणसभा र बोनस प्रयोजनका लागि बुक क्लोज मिति भने तय गरेको छैन । नेपाल बीमा प्राधिकरणको स्वीकृति लिएर आगामी साधारणसभाबाट पारित भएपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस