रेडमी नोट ११ नेपालमा:उत्कृष्ट क्यामराको साथ अझै उत्कृष्ट प्रदर्शनी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० माघ २४, बुधबार (१ साल अघि)
  • २५ पटक पढिएको
रेडमी नोट ११ नेपालमा:उत्कृष्ट क्यामराको साथ अझै उत्कृष्ट प्रदर्शनी

माघ २४,काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले अझै उत्कृष्ट फिचर र स्पेक्स भएको फोन ल्याउने चुनौतीलाई माथ दिँदै शाओमीले रेड्मी नोट सेरिजको विरासतलाई अगाडि बढाउँदै आफ्नो क्यामेरा, सिस्टम, चार्जिङ स्पिड, डिस्प्ले र SoC मा शक्तिशाली अपग्रेडहरु ल्याउँदै फ्ल्यागशिप फोनलाइ सबैको पहुँचमा पुर्याउने उद्देश्यले बिहीबारदेखि नेपाली बजारमा रेड्मी नोट ११ लन्च गरेको छ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘रेडमीमा हामी हाम्रा हरेक काम उपभोक्ताहरुलाई नै ध्यानमा राखेर गरिरहेका हुन्छौँ। जसले गर्दा प्रविधिलाई आम जनतासामु सर्वसुलभ रुपमा पुर्याउने काम गर्न हामीलाई अग्रसर बनाएको छ।’

भर्खरै लन्च गरिएको रेडमी नोट ११ ले एकदमै सुपथ मूल्यमा नवीनता प्रदान गर्ने मूलदर्शनलाई दर्शाएको कोठारीले बताए। ‘यसले स्मार्टफोन इन्डस्ट्रिमा हामीलाई ट्रु गेम चेन्जर बनाएको छ। यो विरासतलाई कायम गर्दै हामी रेडमी नोट ११ लाई प्रस्तुत गर्दैछौँ, जसले उत्कृष्ट क्यामराको साथ अझै उत्कृष्ट प्रदर्शनी पनि दिन्छ।’, उनले भने, ‘फ्ल्याग्शिप लेभल ६एनएमसहितको स्न्याप्ड्र्यागन ६८० को प्रोसेसर भएको यो फोन ले उत्कृष्ट पर्फर्मेन्स गर्नुका साथै ब्याट्री पनि टिकाउ त गर्छ नै यसमा भएको ५००० एमएएचको ब्याट्री पनि सर्वाधिक टिकाउ छ।’

फ्ल्यागशिप क्यामेराको अनुभव अझ निखार्नको लागि रेड मी नोट ११एमएए ५० एमपी मेन क्यामेरा, ८एमपी अल्ट्रा–वाइड क्यामेरा, २एमपी म्याक्रो क्यामेरा र २ एमपी डेप्थ क्यामेरासहित आएको छ। जसले तपाइँलाई आफ्नो अमूल्य क्षणहरु उच्च रिजोल्युसनमा खिच्न र सेयर गर्न सजिलो बनाएको छ। ११८ डिग्रीको भ्युइङ एंगल भएको ८ एमपीको अल्ट्रा–वाइड क्यामराले राम्रो पोट्रेट फोटो खिच्नुका साथै २ एमपिको म्याक्रो क्यामराले नजिक को वस्तुहरु राम्रो डिटेल सहित खिच्न सक्छ। साथै यसको अगाडिपट्टी रहेको १३ एमपि पोट्रेट क्यामराले प्राकृतिक र स्पष्ट देखिने सेल्फी कैद गर्न सक्छ।

१२० एचजेडसम्मको उच्च रिफ्रेस रेट र ३६०एचजेडसम्मको टच स्याम्प्लिङ रेटसहितको रेडमी नोट ११ ले स्मूथ एनिमेसन र ल्याग फ्री ट्रान्जिसनहरूको साथ तपाइँको स्क्रिन अनुभवलाई अझ राम्रो बनाउँछ र अझ यसको फिङर टच त झनै प्रेसाइज छ। रेडमी नोट ११को ६.६७ इन्च र ६.४३ इन्चको स्क्रिनमा FHD± AMOLED डट डिस्प्लेले DCI–P3 कलर गामट फिचर गरिएको छ। जसले थप जीवन्त रङ र विवरणहरु प्रदान गर्दछ। ६.६७ इन्च र ६.४३ इन्चको स्क्रिन साइज भएको नोट ११ FHD± AMOLED डट डिस्प्लेले DCI–P3 कलर गामट फिचर गरिएको छ। जसले थप जीवन्त रङ र विवरणहरू प्रदान गर्दछ ।

फ्ल्याट एज बडी डिजाइनले यस फोनको डिस्प्लेलाई झनै सुन्दर बनाएको छ। साथै, फोनको माथि र तल्लो भागमा रहेको डुअल सुपर लिनियर स्पिकरहरूले गर्दा भिडियो हेर्दा अथवा गेम खेल्दा इमर्सिभ स्टेरियो साउन्डको साथमा पूर्ण मनोरन्जन लिन सकिन्छ।

फ्ल्याग्शिप लेभल ६एनएमसहितको स्न्याप्ड्र्यागन ६८० को प्रोसेसर भएको यो फोन ले उत्कृष्ट पर्फर्मेन्स गर्नुका साथै ब्याट्री पनि टिकाउ त गर्छ नै यसमा भएको ५००० एमएएचको ब्याट्री पनि सर्वाधिक टिकाउ छ।

रेडमी नोट ११ ग्राफाइट ग्रे, ट्वाइलाइट ब्लु, स्टार ब्ल मा अथोराइज्ड मी स्टोर, अनलाइन र रिटेल पार्टनरहरु १३ माघ २०७८ बाट उपलब्ध छन्।

४ जीबी + ६४ जीबी भेरियन्त रु २२,९९९
४ जीबी + १२८ जीबी भेरियन्त रु २४,९९९
६ जीबी + १२८जीबी भेरियन्त रु २६,९९९

ताजा अपडेट

खोजी गर्नुहोस