माघ २४, काठमाण्डौँ । नेपाल बैंक लिमिटेड ताप्लेजुङ शाखा अन्तर्गत रहनेगरी मिति २०८०÷१०÷२२ गते सोमबारदेखि फुङ्लिङ् नगरपालिका परिसरमा बैंकको एक्सटेन्सन काउन्टर सञ्चालनमा आएको छ । उक्त एक्टेन्सन काउन्टर फुङ्लिङ् नगरपालिकाका उप मेयर श्री भिमा देवि ओझाले एक समारोहका विच उद्घाटन गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता नेपाल बैंक लिमिटेड, कोशी प्रादेशिक कार्यालय प्रमुख, श्री सुर्य प्रकाश भट्टले गर्नुभएको थियो । उक्त एक्टेन्सन काउन्टरबाट ग्राहकको खाता सञ्चालन, चेक सटही, रकम डिपोजिट, मोबाइल तथा डिजिटल बैकिंग लगायतका विभिन्न बैकिंग सेवाहरु उपलब्ध हुनेछन् ।
नेपालभर २२८ शाखाहरु, २०४ ए.टि.एम. साथै ५८ एक्सटेन्सन काउन्टर मार्फत करिब २४ लाख ग्राहकहरुलाई वित्तीय सेवा पु¥याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक डिजिटल बैंकिङ्ग मार्फत सेवा प्रवाह गरि प्रतिस्पर्धी रुपमा अगाडी बढिरहेको छ ।